Logo
Logo

पाकिस्तानी राजदूतावासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न


378
Shares

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ११औं वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा ७औँ वार्षिक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई काठमाडौँ विश्वविद्यालयमा उपकुलपति प्रा.डा. भोला थापाले पुरस्कार वितरण गरेका थिए ।

निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई मेडल र नगद पुरस्कार प्रदान गरिएको थियो। साथै अन्य १२ प्रतियोगीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । निबन्ध लेखनको शीर्षक दक्षिण एसियाली मुलुकको आर्थिक तथा सामाजिक उत्थानमा क्षेत्रीय सम्बन्ध विस्तारको भूमिकासँग सम्बन्धित थियो ।

यस्तै वकृत्वकला प्रतियोगिताको शीर्षक दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिकासँग सम्बन्धित थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई उपहार तथा नगद पुरस्कार प्रदान गरिएको थियो । साथै अन्य १३ प्रतियोगीलाई पनि पुरस्कार दिइएको थियो ।

कार्यक्रममा बोल्दै उपकुलपति थापाले शिक्षा क्षेत्रमा प्राविधिक र निरन्तर सहयोग गरेको भन्दै पाकिस्तानको प्रशंसा गरेका थिए । पाकिस्तानी राजदूत अबरार एच हास्मिनले प्रतियोगितामा सहभागी विद्यार्थीहरुको आलोचनात्मक सोचको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्