काठमाडौं, १० बैशाख ।
कोरोना संक्रमित अर्का बिरामी निको भएका छन् । युएईबाट आएका धादिङका कोरोना संक्रमित युवक २८ दिनपछि निको भएका छन्।
उनी कोरोनाबाट निको हुने छैठौ व्यक्ति हुन्। टेकु अस्तपालका निर्देशक डा. सागर राजभण्डारीले युवकलाई आजै डिस्चार्ज गरिने बताए। युएईबाट आएका उनलाई गत चैत १२ गते संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना गरिएको थियो। उनी ६ चैतमा एयर अरेबियाबाट शारजहा हुँदै आएका थिए । लक्षण देखिएपछि परीक्षणमा जाँदा उनमा संक्रमण देखिएको थियो ।
टेकु अस्पतालबाटै गत शनिबार फ्रान्सबाट आएकी प्रसिद्धि श्रेष्ठ पनि २७ दिनपछि कोरोनाबाट निको भएर घर फर्किएकी थिइन्।
नेपालमा हालसम्म ४२ जनामा संक्रमण देखिएमा ६ जना निको भइसकेका छन् । अन्य बिरामीको अवस्था पनि सामान्य छ ।