Logo
Logo

एयर होस्टेजसँग फोटो खिच्न नमान्दा विमानबाट ओरालिए राजेशपायल राई


128.6k
Shares

काठमाडौं । कन्सर्टका लागि दुवई उड्न लागेका चर्चित गायक राजेशपायल राईलाई जहाज चढिसकेपछि फर्काइएको छ ।
उनी बिहीबार त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् दुवई उड्ने तयारीमा थिए । विजनेश क्लासको टिकटमा राजेशपायल बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरिसकेका थिए ।

‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलमाथि अत्यधिक मदिरा खाएर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि फर्काइएको एयरलाइन्स आरोप छ । तर, फ्लाई दुवईको आरोपलाई राजेशपायलले खण्डन गरेका छन् । फोटो खिच्न नमान्दाखेरी त्यसैलाई निहुँ बनाएर फ्लाई दुवईले फर्काएको हो ।

स्रोतका अनुसार फ्लाई दुवईका एक एअर होस्टेजले नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईसँग फोटो खिच्न खोजेका थिए । तर, राजेशपायल फोटो खिच्न तयार भएनन् । सो क्रममा सामान्य भनाभन भएको थियो । त्यसपछि ती एयर होस्टेजले क्याप्टेनलाई जानकारी गराएका थिए । क्याप्टेनले राजेशपायललाई ‘घमण्डी’को संज्ञा दिँदै विमानबाट ओराल्न निर्देशन दिए । र, ओरालिए राजेशपायल राई ।

सो कुरा राजेशपायलले पनि स्वीकारेका छन् । राजेशपायलले एयर होस्टेजसँग फोटो खिच्न नमान्दा पआफलाई फ्लाई दुवईले फर्काएको बताउँदै भने, ‘रक्सी मैले मात्र पिएको थिइनँ, विमान चढेपछि अलिअलि प्रायले पिउँछन् । तर, मलाई विमानबाट फर्काउनुको कारण रक्सी होइन ।’

गायक राजेशपायललाई ओरालेपछि अरु यात्रु लिएर फ्लाई दुवई उडिसकेको छ । राजेशपायल भने आजै अर्को विमानबाट दु्वई जाने तयारीमा छन् ।

यही २९ जुलाई अर्थात शनिबार दुवईमा ‘राजेशपायल राई लाईभ इन दुवई’ आयोजना हुँदैछ । त्यसका लागि उनी बिहीबार बिहानको फ्लाई दुवईको उडानमार्फत त्यसतर्फ उड्न लागेका थिए ।

दुवईस्थित याक एण्ड यति एभेरेष्ट क्लवमा हुन लागेको राजेशपायल राई लाईभ इन दुवईका लागि आयोजकले टिकट समेत बिक्री गरिसकेको छ । त्यसैले पनि आफू जसरी पनि उक्त कार्यक्रममा पुग्ने राजेशपायलले बताए ।

प्रतिक्रिया दिनुहोस्