Logo
Logo

गण्डकीका सांसद देवकोटालाई प्रदेशसभा छिर्न दिइएन


4.2k
Shares

काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ । बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र जान नदिई बाहिरै रोकेका हुन् ।

पार्टीको आदेश उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएको थियो । माओवादी केन्द्रले गत जेठ ३१ गते पत्रबाट गरेको कारबाही पत्र सुनाउँदै सभामुख कृष्ण प्रसाद धितालले निलम्बनको सूचना पढेर सुनाएका थिए ।

त्यसपछि देवकोटाले माओवादीले आफुलाई कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सोमबार सर्वोच्च अदालतले देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेपछि संसद बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले रोकेका हुन् ।

उनले गत जेठ २८ गते नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। त्यसको जेठ २९ गते उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरिएको थियो ।

देवकोटालाई माओवादी संसदीय दलका नेताले २०८१ जेठ २९ गते स्पष्टीकरण सोधेको र ३१ गतेको पत्रबाट कारबाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्