Logo
Logo

बुढीगंगामा फेरी एक जनामा पोजेटिभ


नन्दाथापा

0
Shares

  • नन्दाथापा

बैशाख १०,बाजुरा । र्यापिड टेष्ट गर्दा बुढीगंगा नगरपालिकामा एक जनामापोजेटिभ देखिएको छ । लगातार तीनपटक र्यापीट टेष्ट गर्दा १८ वर्षकी युवतीमा पोजेटिभ देखिएको श्रोतको दाबी छ । बुढीगंगामा मात्र दुई सय बढीको र्यापिट टेष्ट गरिएको छ ।
टेष्ट गर्दा पोजेटिभ देखिएकी युवतीसँगै एक अर्काे जनाको पनि स्वाब आज धनगढी पठाइने भएको छ । सुरुमा पोजेटिभ र थप दुई पटक गर्दा नेगेभिट आएपनि युवतीसँगै ती अर्का व्यक्तिको पनि स्वाब लिने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।
स्वास्थ्य मन्त्रालयले र्यापिट टेष्टमा पोजेटिभ आएपनि बाहिर सूचना नदिने भनेको छ । तर विश्वस्त श्रोतका अनुसार युवतीलाई जिल्ला अस्पताल ल्याइएको छ । अर्का व्यक्तिलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । युवती देशबाहिरबाट नआएपनि पोजेटिभ देखिएको छ ।
अस्तिमात्र त्रिवेणीका दुबै जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ ।
दोस्रो पटक परिक्षण गर्दा २२ वर्षका युवकको रिपोर्ट नेगेटिभ देखिएपनि दुबै जनाको स्वाब परीक्षणका लागि धनगढी पठाउने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
हालसम्म बाजुरामा ६ सय ३६ जनाको र्यापिट टेष्ट गरेको छ भने अझै गर्नेक्रममा जारी राखेको छ । तीमध्ये ६ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ४ जनाको नेगेटिभ आइसकेको छ । बाँकी २ जनाको आउन बाँकी छ भने २ जनाको आज पठाउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्