Logo
Logo

भोजपुरको राउते खोलामा बन्यो पक्की पुल


630
Shares

भोजपुर । राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले बताए ।

उनले भने, ‘राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो ।’

राउते खोला पुलले साबिकको वडा नं ७ राउते र साबिकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारी चालक मिलन तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्