काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ ।
यस छात्रवृत्तिअन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एस.ई.ई.मा उत्तिर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.५ जि.पि.ए.देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिातका लागि योग्य मानिने छ ।
गत सालमा आयोजना गरिएको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द एअर २०८०’ छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए । पछिलो वर्षको छात्रवृति कार्यक्रमको भब्य र सभ्य सफलतापश्चात कम्पनीद्वारा यस २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने छ ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५ हजार, दोश्रो हुनेलाई तीन हजार, तेश्रो हुनेलाई २५०० रुपैयाँका साथै सान्त्वनास्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु. १५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।
यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट वा फेसबुक पेज https://www.facebook.com/RiddhiSiddhicements मा उल्लेखित गरिएको QR code df scan गरी फारम भर्नु सकिने छ । आवेदकको फारम बुझाउने अन्तिम मिति असार २३ गतेसम्म तोकिएको छ ।