Logo
Logo

हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड


2.5k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बिगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताएका हुन् ।

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायीत्व र लोकतन्त्रको सुदृढिकरणलाई बढि जोड दिँदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उनको भनाइ छ । उनले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस भन्नेमा सचेत रहेको धारणा राखे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले किसानहरुलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए ।

उनले चितवनमा केरा किसानहरुलाई क्षतिपूर्ति दिने बिषयमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्