Logo
Logo

चट्याङ लागेर महिलाको मृत्यु


189
Shares

सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका बागमती नगरपालिका–१ का ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा मगर चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

यसैबीच, चट्याङबाट लालबन्दी नगरपालिका–१७ गैरी टोलका मङ्गल कामीको घरमा क्षति पुगेको छ । यस्तै बुधबार परेको चट्याङबाट ईश्वरपुर नगरपालिका–१३ र १६ का ६ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्