Logo
Logo

रास्वपाले महामन्त्री मुकुल ढकाललाई सोध्यो स्पष्टीकरण


4.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

शुक्रबार आयोगले महामन्त्री ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै स्पष्टीकरण सोधेको हो । ढकालले देश दाैडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।

महामन्त्री ढकालले तत्काल सरकार छाड्नु पर्ने सुझाव दिएपछि रास्वपाभित्र विवाद उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्