काठमाडौं, १० बैशाख ।
नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरका २४, ६० र ७२ वर्षिय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यसअघि उदयपुरमा २४ जनामा संक्रमण पुष्टिभइसकेकाेछ।
योसँगै संक्रमितको संख्या ४५ पुगेको छ । जसमध्ये १४ जना पछिल्लो दुई दिनमा भेटिएका नयाँ बिरामी हुन् ।
त्यस्तै सात जना निको भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।