Logo
Logo

समाजवादी पार्टीका सात सांसदद्वारा नयाँ दल घोषणा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १० बैशाख ।
समाजवादी पार्टीले राजपासँग एकता गरेलगत्तै पार्टी फुटेको छ ।
समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्वमा सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्। यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको हो । एक सांसदका अनुसार बिहीबार बिहानै यसबारे घोषणा हुने छ ।


अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका छन्। समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले भोलि (बिहीबार) नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्।
एकता भएको जनता समाजवादीपार्टीभन्दा पहिला उनीहरुले निर्वाचन आयोगमा दल दर्ता गर्न सकेमा बैधानिकता पाउनेछन् । पार्टी फुट्ने पक्का भएपछि समाजवादी र राजपाले पार्टी एकताको सहमति गरेका हुन् । पार्टी एकता गरे ४० प्रतिशत सांसद छुटेर पार्टी फुट्न समस्या हुने र पार्टी बिघटन रोक्न सकिने उनीहरुको रणनीति छ ।

समाजवादी फोरमका प्रतिनिधि सभामा जम्मा १७ जना सांसद छन्। सात जनाले ४० प्रतिशत पुग्छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पार्टी फुटाएर नयाँ पार्टी गठनका लागि सो पार्टीको संसदीय दल र केन्द्रीय कमिटिमा ४०–४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने कानुन थियो। दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद बैठक बोलाएर अध्यादेशमार्फत संसदीय दल वा पार्टीको केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत सांसदको समर्थन भए पार्टी विभाजन गरेर नयाँ पार्टी गठन हुनसक्ने व्यवस्था गरेका थिए।
बिहीबार बिहान निर्वाचन आयोगमा पहिला पार्टी दर्ताका लागि संघर्ष हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्