काठमाडौं । फरार रहेका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लोसपाका नेतासमेत रहेका यादवलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । मधेश आन्दोलनका क्रममा २०७२ मा महोत्तरीमा थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।