काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको निम्तो अस्वीकार गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ ।
उक्त उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ,जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लगायतका नेताहरु सहभागी भएका छन् ।
तर एमालेलाई निम्ता दिए एमालेबाट भने कोही प्रतिनिधि सहभागी भएका छैनन् । एमालेबाट अलग भएर नेकपा एस गठन गरेपछि एसका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध बिग्रेको हो । त्यसैले गर्दा एमालेका कुनै पनि प्रतिनिधिहरु नेकपा एसको महाधिवेशनमा सहभागी छैनन् ।