Logo
Logo

पूर्व आईजिपीमाथि अपहरणको आरोप


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, ११ बैशाख ।
पूर्व आईजिपी सर्वेन्द्र खनालमाथि सांसद अपरहणको आरोप लागेको छ । समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादबलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप सो पार्टीका नेता मात्र होइन प्रदेश नम्बर २ का गृहमन्त्री ज्ञानेन्द्र यादबले समेत लगाएका छन् । पूर्व आईजिपी खनालले यसबारे केही बोलेका छैनन् ।

समाजवादी पार्टी फुटाउन प्रधानमन्त्रीको निर्देशनमा डा.यादबलाई अपहरण गरिएको आरोप लगाइएको छ । समाजवादी पार्टीका सहायक प्रवक्ता विश्वदीप पाण्डेले ट्वीटरमा लेखेका छन्,‘ पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ भन्दै दबाब दिँदै प्रमसँग फोनमा कुरा पनि गराएर काठमाडौ ल्याइएको रहेछ । ओलीको गुण्डागर्दी शैली हदभन्दा बढी भो, अब ओलीलाई विदा गरौं ।’

किसान श्रेष्ठ तनहुँका सांसद हुन् । खनाल पनि तनहुँकै हुन् । श्रेष्ठले खनाललाई राजनीतिक नियुक्ति दिलाउने आश्वासमा यो काममा प्रयोग गरिएको बताइन्छ । सांसद यादबले भने यसबारे केही बोलेका छैनन् ।

अपहरणमा परिएका भनिएका डा यादबलाई बिहीबार बिहान कब्जाबाट मुक्त गरिएको पाण्डेले जानकारी दिएका छन् ।
सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएर पार्टी फुटाउन सहज व्यवस्था गरेको थियो । ४० प्रतिशत सांसदले पार्टी फुटाउन सक्ने प्रावधान राखिएपछि समाजवादी पार्टीका सात सांसदले नयाँ पार्टी घोषणाको तयारी गरेका थिए । तर यहीबीचमा समाजवादी र राजपाले बुधबार राती पार्टी एकताको सहमति गरेका छन् । आज निर्वाचन आयोगमा दर्ता गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्