Logo
Logo

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली निर्वाचित


315
Shares

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् ।

काठमाडौँमा आज सम्पन्न महासंघको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए ।

यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् । महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्