Logo
Logo

प्रधानमन्त्री बन्न ओलीलाई देउवाको प्रस्ताव, सत्ता सहकार्य सम्भावना कति ?


20.2k
Shares

काठमाडौं । प्रमुख सत्ता घटक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवाबीच शनिबार भएको वार्ताले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ । 

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पुराना दलहरुसँगको सत्ता सहकार्य गर्नु उचित नभएको भन्दै विवाद चलिरहेको समयमा ओली र देउवाबीच छलफल हुनुलाई अर्थपूर्ण हेरिएको छ । लामो समयदेखि सत्ता गठवन्धनलाई भत्काउने खेलमा लागेका कांग्रेस सभापति देउवा पुन: गठवन्धन भत्काउने दाउमा लागेका छन् ।

सत्ताबाट हात धुएको झन्डै डेड वर्ष भएपछि देउवा सत्ताको लागि छटपटी रहेका छन् । प्रदेश सरकारदेखि केन्द्र र राजदुतसम्म गुमाउन परेपछि देउवा फेरी ओलीसँग सत्ता सहकार्यको लागि बालकोट धाउन थालेका छन् । शनिबार भएको छलफलमा देउवाले ओलीलाई सत्ता सहकार्यको लागि प्रस्ताव राखेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले खुलाएका छन् ।

उनका अनुसार देउवाले सरकारको नेतृत्व गर्न ओलीलाई प्रस्ताव राखेका थिए । देउवाको उक्त प्रस्तावमा ओली सकारात्मक रहेको लेखकले बताए । देउवाले आइतबार बिहान लेखकलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएका थिए । देउवासँगको भेटपछि उनले ओलीसँगको संवाद सकारात्मक रहेको भन्दै परिणामका लागि केही दिन हेर्नुपर्ने बताए ।”उहाँहरूबिच सकारात्मक संवाद भएको पाएको छु । अब हेरौँ”, उनले भने, “विस्तारै सबै कुरा हुँदै जाला ।”

एमाले र कांग्रेसबीच सत्ता सहकार्यको सम्भावना
रास्वपाभित्र सरकारको विषयमा विवाद बाहिरिएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयुमाथि संशय भएको छ । रास्वपा महामन्त्री मुकुल ढकालले सरकारबाट तत्काल बाहिरिनु पर्ने प्रस्ताव राखेपछि सत्ता गठवन्धनको आयुबारे संशय भएको हो । रास्वपा जुनसुकै समयमा सरकारबाट बाहिरिएको खण्डमा प्रचण्ड नेतृत्व सरकार ढल्ने निश्चित छ । जसले गर्दा सशंकित भएका ओली पनि कांग्रेससँग सत्ता सहकार्य गर्न नसक्ला भन्ने छैन ।

रास्वपा सरकारबाट बाहिरिएको खण्डमा ओली पनि सरकारको नेतृत्व गर्न कांग्रेसले सहयोग गरेको खण्डमा जुनसुकै कदम चल्न सक्छन् । किन भने विगतमा ओलीले सत्ताको लागि दुईपटक संसद विघटन गरको जिवितै छ । उता कांग्रेसले रास्वपाभित्रको आन्तरिक विवादकै समयमा सरकार ढाल्न लागेका छन् । देउवाले ओलीलाई आलोपालो सरकारको नेतृत्व गर्न प्रस्ताव राखेका छन् । ओली पनि प्रचण्ड नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखिएपछि कांग्रेससँग नजिकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्