काठमाडौं, ११ बैशाख ।
लकडाउनको समयमा सशस्त्र प्रहरी बलका डिएसपी दुई इन्सपेक्टरबाट कुटिएका छन् । रुपन्देहीस्थित गुल्मपति डिएसपी मानबहादुर शाहीमाथि व्यारेकभित्रै कुटपीट भएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी निरीक्षकद्धय केशव भट्टराई र दयाराम पौडेलले कुटपीट गरेका हुन्। दुवै इन्सपेक्टरलाई नियनन्त्रणमा लिइएको छ । उनीहरुले मदिरा पिएर मंगलबार बेलुका कुटपिट गरेका हुन् ।
घटनाको अनुसन्धान र कारबाही अघि बढाइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले बताए ।