Logo
Logo

५ नक्कली कम्पनी खडा गरेर ३२ क्विन्टल सुन तस्करी : सीआईबी


882
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी गर्ने समूहले नक्कली कम्पनी खडा गरेर झण्डै ३२ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

सीआईबीको अनुसन्धानका क्रममा नक्कली कम्पनी खडा गरेर ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको खुलेको हो । जसमा ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी र अरु इलेक्ट्रोनिक सामानमा लुकाएर पटकपटक २ हजार ८३१.८९ केजी सुन तस्करी गरेको पाइएको छ।

सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजी सुन तस्करी गरेर भित्र्याइएको हो ।

यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। २ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलको गेटबाट बरामद गरिएको थियो । यसको हालको मूल्य ३० अर्ब ८२ करोड २२ लाखभन्दा बढी पर्ने सीआईबीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

ब्रेक शुका साथै साथै पानी तान्ने पम्प, स्मार्ट वाच, सेभिङ मेसिन लगायत सामानभित्र लुकाई छिपाई ल्याएको अवैध सुनको भुक्तानी प्रक्रिया र संलग्नहरूको पहिचान गरी कानूनी दायरामा ल्याउने सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्