Logo
Logo

‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ बैशाख । ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आज बिहान निर्वाचन आयोगमा पार्टी दर्ता भएको हो । दुवै दलका अध्यक्षसहित नेताहरु बिहीबार बिहानै कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन् ।
बुधबार राति राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता गर्ने घोषणा गरेका थिए । उनीहरुबीच नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ राख्ने सहमतिअनुसार आयोगमा दर्ता गरिएको हो ।
बुधबार राती भएको सहमतिमा राजपाका तर्फबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए । एकतापछि नयाँ पार्टीको झण्डा भने समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ भने चुनाव चिह्न राजपाले प्रयोग गरेको छाता राख्ने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् बैठकमा दल विभाजन खुकुलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि राजपा फुट्ने चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्