Logo
Logo

केपी ओलीलाई प्रश्न- प्रधानमन्त्रीको शपथ कहिले ?


5.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको बताएका छन् । सोमबार संसद् भवन बाहिर सन्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने चर्चामा रहेका अध्यक्ष ओलीले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको बताएका हुन् ।

पत्रकारले अध्यक्षज्यू, तपाई प्रधानमन्त्री बन्ने चर्चा छ, कहिले हो शपथ लिने ? भन्ने प्रश्नमा उनले भने, ‘यसवर्ष त त्यस्तो लाग्दैन मलाई !’ जनताले तपाई प्रधानमन्त्री बनोस भन्ने चाहन्छन् भने प्रश्नमा उनले राम्रो कुरा रहेको बताए ।

अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सनिबार भएको भेटघाटले राजनीतिक वृतमा तरङ्ग ल्याएको छ। देउवाले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको सूचना सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहान ओलीलाई भेट्न बालकोट पुगेका थिए।

सो भेटमा प्रचण्डले ओलीलाई कांग्रेससँग के गर्न लाग्नुभएको हो भन्दै प्रश्न गरेका थिए। जवाफमा ओलीले सामान्य भेटघाट मात्र भएको बताएका थिए । एमाले र कांग्रेसबीच संविधान संशोधनलगायत एजेन्डमा सहमति गरेर नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको छ । नयाँ सरकार बनाउने गृहकार्य सुरु भएको कांग्रेस नेताहरु नै स्वीकार्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्