Logo
Logo

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ- ‘ओलीसँगको सम्बन्ध सुमधुर छ’


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसँग भएको भेटबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले १५ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका हुन् । देउवाले ओलीसँगको भेट सकारात्मक भएको र अहिले धेरै टिप्पणी नगरौं भनेका थिए ।

सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्दै उनले भने, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’

शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म ओली निवासमा सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा के कुरा भयो भन्ने अहिलेसम्म विस्तृतमा सार्वजनिक भइसकेको छैन ।

पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बीआरआईलगायत विषयमा पनि कुराकानी भएको छ । अनुदान हो भने स्वीकार गर्न सकिने नेताहरूले बताएका थिए ।

साथै नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको र थप गर्नेबारे पनि कुरा भएको छ। असार १५ गते नै नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको थियो।

६ महिनाभित्र अधिवेशन गर्ने गरी भ्रातृ संस्थाका म्याद आगामी केन्द्रीय समिति बैठकबाट थप गर्न नेताहरू सहमत देखिएको विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्