Logo
Logo

रुपन्देहीमा सशस्त्रका एसपी थापा नै लाइन निर्देशक


6.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगर त्यहाँ पुगेको चार महिनामै आर्थिक अपचलनमा मुछिएका छन् । आइजीपी राजु अर्यालले विश्वास गरेर रुपन्देही पठाएका उनले आफूलाई आइजीपीको मान्छे बताउदै कसैले पनि केही गर्ननसक्ने बताउदै त्यहाँ कार्यरत विभिन्न विओपीहरुमा पुगेर रकम असुलीमा लागेका हुन् । स–साना सामानहरु बरामद गरेको देखाउन लगाउने तर रातीको १२ बजेदेखि विहान ४ बजेसम्म सबै नाकाहरु खुला गराएर पैसा असूल्न थालेको त्यहाँ एक प्रहरी कर्मचारीले बताए ।

केही समय अवैध रुपमा भण्डारण गरी राखेको प्याज सहित ५० लाख ३० हजार बराबरको अवैध सामान बरामद गरी पठाउदा पनि झण्डै दुई करोडको सामान पास गराइसकेपछि कुरा नमिलेको सामान मात्रै भन्सार पठाइएको स्रोतको दावी छ ।

भ्रष्टाचारको आरोप लागेका तत्कालिन आइजीपी कोषराज वन्तलाई जोगाउने प्रतिवेदन तायर पारेको भन्दै उनलाई त्यतिबेला नै निलम्बन गरिएको थियो । भ्रष्टाचारीलाई जोगाएको आरोपमा तीन वर्षसम्म निलम्बनमा परेका थापालाई कुनै प्रकारको जिम्मेवारी नदिइ राखिएको थियो ।

अहिले विभिन्न नाकाबाट आएका झोले पोकेलाई समाउने तर ठूलो ट्रकलाई सहजै छिर्न दिने गरेको पनि स्रोतले जनाएको छ । मजगवा, मजरपट्टी, डण्डा, बयरघाट चार वटा नाकामा आफै राती जाने कसलाई रोक्ने कसलाई टिर्न दिने आफै निर्धारण गर्न थालेका छन् । ‘आइजीपी अमेरिका गएपछि झन हाइसन्चो भएको छ, केही दिन काठमाडौ जाँदा पनि आफ्ना घुमुवालाई खटाएर जानु भएको थियो’, एक अधिकृतले भने ‘दैनिक हिसाब बुझाउनु पर्नेछ ।’

सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, ओमसतिया, सियारी लगायतका स्थानहरूमा चोरी तस्करी बढेको छ । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी इलाकामा चोरी तस्करी झन् बढेको भन्दै भैरहवाका उद्योगी व्यवसायीले उद्योग वाणिज्य संघमा गुनासो समेत गरेका छन् ।

गल्लामण्डी तथा बैंक रोड क्षेत्रका ट्रान्सपोट व्यवसायीले समेत अवैध रूपमा सामान ओसारपसार गर्दा पनि सशस्त्र प्रहरी मुकदर्शक बन्ने गरेको गुनासो उद्योग वाणिज्य संघमा पुगेको हो । रुपन्देहीको ६० किलोमिटरको पूर्वपश्चिम क्षेत्रमा सीमा नाकाहरू छन् । यी नाकाबाट दैनिक रूपमा प्रहरीको ‘मिलेमतोमा’ साना ठुला चोरी निकासी हुने गरेका छन् । साना चोरी निकासीको लागि तस्करहरूले साइकल तथा मोटरसाइकल प्रयोग गर्ने गर्दछन् भने ठूलो चोरी निकासीको लागि गाडी नै प्रयोग हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्