जेनेभा, ११ वैशाख (एपी) । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बिहीबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी ४७ हजार ६८१ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ११ हजार २७८ जना पुगेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ८५ जना, स्पेनमा २१ हजार ७१७ जना, फ्रान्समा २१ हजार ३४०, बेलायतमा १८ हजार १०० जना, बेल्जियममा ६ हजार २६२ जना, जर्मनीमा ५ हजार ३१५ जना, नेदरल्यान्ड्समा ४ हजार ५४ जना, स्वीडेनमा १ हजार ९३७ जना, स्वीट्जरल्यान्डमा १ हजार ५०९ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ३९१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा २ हजार ९३२ जना, मेक्सिकोमा ९७० जना, भारतमा ६८१, इन्डोनेसियामा ६३५ जना, रसियामा ५५५ जना, इक्वेडरमा ५३७ जनाको मृत्यु भएको छ ।
हालसम्ममा युरोपमा ११ लाख ७३ हजार ९४२ जान संक्रमित भएका छन् भने ३ लाख ६५ हजार ६४५ जना निको भएका छन् । युरोपमा मात्र १ लाख ११ हजार २७८ जनाको मृत्यु भएको छ । यस्तै, उत्तर अमेरिका ९ लाख १४ हजार ५५० जना संक्रमित छन् भने यहाँ १ लाख २ हजार ६४७ जना निको भएका छन् भने यहाँ ५१ हजार २३१ जनाले ज्यान गुमाएका छन् ।
एसियामा कोरोना भाइरसबाट ४ लाख २४ हजार ५३३ जना संक्रमित भएका छन् भने १ लाख ९९ हजार ३५० जना उपचारपछि निको भएका छन् । एसियाले अहिलेसम्म १५ हजा ८७१ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, दक्षिण अमेरिकामा ९७ हजार १५० जना संक्रमित भएका छन् भने ४१ हजार ४१० जना निको भएका छन् । दक्षिण अमेरिकामा हालसम्म ४ हजार ५९६ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, अफ्रिकामा २६ हजार ६७६ जना संक्रमित र त्यसमध्ये ७ हजार ३३२ जना उपचारपछि निको भएका छन् भने १ हजार २४४ जनाले ज्यान गुमाएका छन् । ओसेनिया (अस्ट्रेलिया)मा ८ हजार २१२ जना संक्रमित, ६ जना १६७ निको भएका छन् भने यहाँ ९१ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, दक्षिण एसियाली मुलुकहरु पनि पछिल्लो समय कोरोनाबाट प्रभावित हुँदै गएको छ । दक्षिण एसियाली मुलुक भारतमा अहिलेसम्म २१ हजार ७९७ जना संक्रमित भएका छन् भने ४ हजार ३७६ जना उपचारपछि निको भएका छन् भने ६८१ जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा १० हजार ५१३ जना संक्रमित भएका छन् भने २ हजार ३३७ जना निको भएका छन् । यहाँ २२४ जनाले ज्यान गुमाएका छन् । यस्तै, बंगलादेशमा हालसम्म ३ हजार ७७२ जना संक्रमित र ९२ जना निको भएक छन् । यहाँ १२० जनाको मृत्यु भएको छ ।
त्यस्तै, अफगानिस्तानमा १ हजार १७६ जना संक्रमित र जसमध्ये १६६ जना निको भएका छन् भने ४० जनाको मृत्यु भएको छ । त्यस्तै, श्रीलंकामा ३३० जना संक्रमित र १०५ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
यस्तै, माल्दिभ्समा ८६ जना संक्रमित र त्यसमध्ये १६ जना निको भएका छन् । यस्तै नेपालमा बिहीबारसम्ममा ४८ जना संक्रमित भएका छन् भने ७ जना उपचारपछि घर फर्किएका छन् । भूटानमा भने हालसम्म ७ जनामा संक्रमण देखिएको छ भने तीन जना निको भइसकेका छन् ।