Logo
Logo

एमालेले बोलायो सचिवालय बैठक


2.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । माओवादीसँगको सत्ता सहकार्य तोडेर कांग्रेृससँग हात मिलाएसँसँगै ओलीले दिउँसो तीन बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको एक नेताले बताए । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।

यही विषयमा छलफल गर्न आजै रास्वपाले सचिवालय बैठक र नेपाली कांग्रेस, माओवादीले पदाधिकारी बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्