Logo
Logo

सशस्त्रको सरुवामा छानी छानी डाडा कटाइयो


4.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले एक साता अघि गरेको १८ जना एसपी र २३७ जना डिएसपीको सरुवामा चरम अन्याय भएको भन्दै गुनासो बढेको छ । मानवस्रोत विभागले चरम विभेद गरेको भन्दै असन्तुष्टि उत्पन्न भएको छ । मध्यरात सरुवा निकालेर कोहीलाई सुगमबाट सुगम, कोहीलाई दुर्गमबाट झन दुर्गम पठाएको र सरुवामा समान व्यवहार नभएको भन्दै असन्तुष्टि उत्पन्न भएको हो ।

सशस्त्र मुख्यालयले पारदर्शी, निस्पक्ष र विभिन्न मापदण्ड बनाएर सरुवा गरेको भन्दै संचारमाध्यममा विज्ञप्तिनै पठाएर ढाकछोप गरेपनि त्यस्तो नभएको तथ्यले देखाएको छ । मुख्यालयले जसमा २ वर्ष अबधि पुगेका मात्र सरुवा भएका भन्ने पनि दाबी गरेको थियो । तर सरुवा हेर्दा त्यसको आफ्नालाइ राम्रो ठाउँ र कतिपय अधिकृतलाई सुनियोजित ढंगले पेलिएको छ ।

कतिपय अधिकृतको मुख्यालय दरबन्दी परेको बर्षौं हुँदा, एकै ठाउँमा बसेको १०÷१२ वर्ष हुँदा उनीहरुलाई त्यही राखिएको छ । मुख्यालयले सोझा कर्मचारीमाथि संधै पेल्ने र कारबाहीको धम्किदिने गरेको छ । २ वर्ष पुगेपछी मात्र अधिकृतको सरुवा गर्ने नीति भए पनि एक वर्ष नपुग्दै केही अधिकृतलाइ दुःख दिने नियतले सरुवा गरिएको छ ।

गत वर्ष भदौमा भक्तपुर सरुवा भएका डिएसपीहरु मध्ये १ वर्ष पनि नपुग्दै बासुदेव महतलाई भक्तपुरबाट सुनसरी, यदुकुमार कार्की धनुषाबाट महोत्तरी, हरि गुरुङ बाँकेबाट काठमाडौँ, दीपकबहादुर विष्ट कैलालीबाट हेडक्वाटर, पंकज पौडेल कार्यविभागबाट बाँके, मोहन निरौला १९ गणबाट दाङ, मोहन विष्ट सप्तरीबाट बारा, मित्रलाल श्रेष्ठ चितवनबाट सीमा सुरक्षा विभाग सरुवा गरिएको छ ।

यस्तै १० महिनामानै सरुवा भएका डिएसपी हरुमा पंकज चन्द सप्तरीबाट मानवश्रोत विभाग, फुर्गेली शेर्पा सिन्धुपाल्चोकबाट सुर्खेत, संगम श्रेष्ठ पर्साबाट इन्टेलिजेन्स ब्युरो, योगराज दाहाल बाराबाट इलाम, सुमन पोखरेल उदयपुरबाट झापा, सुशील श्रेष्ठ सुर्खेत बाट महोत्तरी, बिष्णुदत्त अबस्थी बर्दियाबाट मकवानपुर, श्याम शर्मा पौडेल पर्वतबाट सीमा सुरक्षा विभाग, द्रोणप्रसाद ढकाल जुम्लाबाट झापा, प्रमोद खड्का जुम्लाबाट पश्चिम नवलपरासी, विकाश थापा सुर्खेतबाट दार्चुला, शेखर दवाडी सिन्धुपाल्चोकबाट कास्की रहेका छन् ।

डिएसपी विकास थापाको त कति सम्म भने गत वर्ष मात्र उनको दरबन्दी ४४ गण दार्चुलाबाट ३२ गण सुर्खेत भएको थियो । तर १० महिनामा उनलाइ फेरि दार्चुला नै पठाइएको छ । १० महिना नपुग्दै सरुवा भएका अन्य डिएसपीहरुमा प्रभातकुमार गौतम इलामबाट उदयपुर, जंगबहादुर कुँवर बर्दियाबाट दार्चुला, केशवराज अवस्थी कञ्चनपुरबाट मनाङ, मातृका पौडेल सुनसरीबाट पर्वत, भरतबहादुर कुँवर मनाङबाट कपिलवस्तु, महेशराज विष्ट मकवानपुरबाट झापा, उज्ज्वल लामिछने महोत्तरीबाट सप्तरी रहेको छ ।

सरुवामा कतिसम्म बदमासी गरिएको छ भने कतिपय अधिकृत १०÷१२ वर्षदेखि एउटै जिल्ला, क्षेत्र र युनिटमा छन् । डिएसपी छबिलाल रावतलाई तालिम शिक्षालय बाँकेबाट ४२ रिजर्भ गण बाँके हालिएको छ । उनलाइ बिगत ५ वर्ष देखि त्यही जिल्ला राखिएको छ ।

प्रमोद रायलाई महोत्तरी गणबाट सोही जिल्लाको बाहिनी, नरेश कुमार खड्कालाइ ४२ गण बाँके बाट ३० गण बांके, मनोज चन्दलाइ पर्सा बाट धनुषा, राजन शाहलाइ बाँकेको गण बाट बाँकेकै तालिम केन्द्र, हालिएको छ । यस्तै, ओमराज बानियाँ मोरङबाट सुनसरी, नरेन्द्र धामी महोत्तरीबाट पर्सा हालिएको छ । अझ रोचक त गत वर्ष डिएसपी भएर पदस्थापन गरिएको एक वर्ष नपुग्दै ऋषिकेश राउत, गणेशदत्त पाण्डे, तेजराज शर्मा, प्रमिला श्रेष्ठ, विकास खतिवडा, किशन केसी, दयाराम पौडेल, विष्णु उप्रेती, विश्वनाथ जिसीलगायत दर्जनौं अधिकृतको सरुवा गरिएको छ ।

सधँै हेडक्वाटर बसेका ऋषिकेश राउतलाई पुनः भनसुनमा सीमा सुरक्षा विभाग ल्याइएको छ । गत वर्ष मात्र कार्य विभाग दरबन्दी परेर तुरुन्तै भक्तपुर गण काज पठाइएका गणेश दत्त पान्डेको दरबन्दी अहिले भक्तपुरनै हालिएको छ । इन्सपेक्टर हुँदा करिब १० वर्ष पशुपतिनाथ बाहिनी बासेकी प्रमिला श्रेष्ठलाई गत वर्ष बढुवामा मानबश्रोत ल्याइयो । उनी काजमा बाहिनीनै गइन । अहिले फेरि त्यही बाहिनी दरबन्दी हालिएको छ ।

प्रतिक्रिया दिनुहोस्