काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । नेकपा (एमाले) सँग भएको सहमतिलाई अनुमोदन गर्न कांग्रेसले बुधबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
एमालेसँग भएको सहमति अनुमोदन गर्र्न बुधबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कांग्रेसमा विधानअनुसार महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट पनि गर्न मिल्छ ।
गएको मध्यरातमा कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति बनेको थियो ।