Logo
Logo

एमाले-कांग्रेस गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय


7.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले एमाले–कांग्रेसबीच बन्ने नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको बताउँदै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने भएकाले एमाले–कांग्रेसबीचको गठबन्धमा सहभागी हुने बताए ।

‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्