Logo
Logo

प्रधानमन्त्री ओली ‘अध्यादेश फिर्ता गर्न तयार’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी गरेको अध्यादेश फिर्ता गर्ने संकेत देखाएका छन् । सत्तारुढ नेकपाकै नेताहरुले अध्यादेशको कडा आलोचना गरेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्ने मुडमा पुगेका छन् । बिहीबार बिहान नेताहरुसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताएको जनाइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली भने, ‘अध्यादेशकै कारण समस्या हो भने फिर्ता लिन्छु । ढुक्क हुनुहोस्, ।’ तर, कहिलेसम्ममा फिर्ता लिने भन्नेचाहिँ बताइएको छैन । बिहीबार आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । उनीहरुले पनि अध्यादेश फिर्ता गर्नुपर्ने बताएका थिए । नेकपाका अधिकांश नेताहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली ‘ब्याक’ हुन तयार भएको स्रोतको भनाइ छ । अध्यादेश जारी भएसँग अहिले नेकपाभित्रको विवाद सतहमा देखिएको छ ।
बिहीबार भएको भेटवार्तामा दुई अध्यक्षबीच नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको जनाइएको छ । बालुवाटारमा उनीहरुबीच करिब दुई घण्टा कुराकनी भएको थियो । गत सोमबार सरकारले ल्याएका दुई अध्यादेश र त्यसपछि उत्पन्न परिस्थतिबारे नेकपामा बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्