काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास जाँदै छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठक सकिएलगत्तै शीतलनिवास जान लागेका हुन् ।
पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्न उनी त्यहाँ जान लागेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
सोमबार मध्यराति एमालेले कांगेससँग सत्ता समीकरण गर्ने सहमति गरेको थियो । एमाले धोका दिएपछि संकटमा परेका
प्रधानमन्त्रीले पदबाट राजीनामा नदिने र विश्वासको मत लिने निर्णय पदाधिकारी बैठकबाट भएको छ ।