Logo
Logo

सर्लाहीमा सर्पले टोक्दा बालकको मृत्यु


819
Shares

काठमाडौं । सर्लाहीमा विषालु सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका– ४ का राजेन्द्र तामाङका छोरा ११ वर्षीय रोजित तामाङको सर्पले डसेर मृत्यु भएको हो ।

आफ्नै घरमा खेलिरहेका रोजितलाई सोमबार विषालु सर्पले डसेको थियो । बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्