Logo
Logo

प्रज्ञामा स्वास्थ्य शिविर


315
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन १६ असारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको छ ।

राष्ट्रिय महाधिवेशनमा भाग लिन देशभरिबाट एक हजार ८ सय ४७ जना प्रतिनिधि सभागी छन् । प्रतिनिधिहरुको स्वास्थ्य परीक्षणका लागि छुट्टै डेस्क प्रज्ञा भवनभित्रै स्थापित गरिएको छ । स्वास्थ्य परीक्षणका साथै, सामान्य औषधि निःशुल्क उपलब्ध गराएको समाजवादी पार्टीको स्वास्थ्य विभागका सचिव डा. कृष्णगोपाल महर्जनले दृष्टि न्यूजलाई बताए ।

स्वास्थ्य शिविरमा आज दिउँसोसम्म ४५० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । डा. मनरुल हकका अनुसार अधिकांशमा उच्च रक्तचाप देखिएको छ भने झाडा पखालाका बिरामी पनि फेला परेका छन् । पेट दुख्ने, टाउको दुख्नेहरुको संख्या पनि धेरै छ । स्वास्थ्य शिविरमा १४८ थरिका औषधि निःशुल्क वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्