Logo
Logo

पोखरा महानगरमा अख्तियारको छापा


1.5k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ । मंगलबार महानगर कार्यालयमा अख्तियारको टोलीले छापा हानेको हो ।

महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा परेको उजुरीमाथि छानबिन गर्न अख्तियारले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारले राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्