Logo
Logo

केपी ओलीसहितको बैठकमा सभापति देउवाले प्रधानमन्त्रीलाई पनि बोलाए


32.2k
Shares

काठमाडौं । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाएका छन् ।

सभापति देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै मंगलबार हुने बैठकमा प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी सहभागी हुन आग्रह गरेका हुन् ।

देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै प्रधानमन्त्रीलाई तीन दलका शीर्ष नेताको बैठकमा बोलाएको महासचिव देव गुरुङले जानकारी दिए । उनले भने, “देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै तीन दलका शीर्ष नेताको बैठक बोलाउनु भएको छ। हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार हो कि अर्को हो ? त्यसमै कुराकानी होला ।”

प्रतिक्रिया दिनुहोस्