Logo
Logo

कांग्रेस-एमालेबीच भएको सहकार्य स्वागतयोग्य : राप्रपा


10.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका लागि कांग्रेस–एमालेबीच भएको सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको पार्टी केन्द्रीय पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेबीच संविधान संशोधन गर्ने मुख्य बुँदामा सहमति भएको खबर सुनेको भन्दै त्यसो हो भने नयाँ सहकार्य स्वागतयोग्य रहेको निष्कर्ष निकालेको जानकारी दिए ।

लिङ्देनले राप्रपाले लामो समयदेखि संविधानमा आमुल परिवर्तन गर्नुपर्ने अडान राखिरहेको अवस्थामा संविधान संशोधनलाई नै आधार बनाएर भएको नयाँ सहमति स्वागतयोग्य रहेको बताए ।

उनले बैठकमा अहिले बिकसित राजनीतिक घटनाका क्रममा बिषयमा प्रारम्भीक छलफल भएको भन्दै तत्काल ठोस धारणा बनाएर जान उपयुक्त हुँदैन भन्ने निष्कर्ष रहेको जिकिर गरे । संविधान संशोधनको प्रक्रिया, नयाँ गठबन्धनको स्वरुप हेर्न बार्की रहेकाले सरकारका बोरमा आगामी दिनमा आवश्यक धारणा तय गर्ने उनले बताए ।

लिङ्देनले अहिलेको जस्तो राजनीतिक प्रणाली, संसदीय गणित र दलहरुको चरित्रमा गठबन्धन फेरबदलको घटनाहरु भइरहने जिकिर गरे । कांग्रेस–एमालेको गठबन्धन हेर्दा तीन बर्ष चल्न सक्ने जस्तो लागेपनि ६ महिनामा पनि परिवर्तन हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्