Logo
Logo

६० किलो सुन तस्करी प्रकरण : ६० जनाविरुद्ध मुद्दा दायर (नामसहित)


2.2k
Shares

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले ६० किलो सुन तस्करी प्रकरणमा ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ ।

सरकारी वकिलको कार्यालयले सीआईबीले गरेको अनुसन्धानको आधारमा दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

अभियोग पत्रमा भनिएको छ, “नेपालमा विभिन्न कम्पनी खोली हङकङबाट मालवस्तु भित्र अवैध सुन छिपाई ल्याई मालवस्तुबाट सुन निकाली गाली पगाली सानो सानो परिमाणका बनाई नेपाल तथा भारतीय बजारमा बिक्री समेत गरी ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४ सय ४० रुपैयाँ लाभ लिएको स–प्रमाण पुष्टि हुन आएको छ । उनीहरूले गरेको उक्त कार्य सङ्गठित अपराध निवारण ऐन–२०७० दफा २ (घ) मा परिभाषित दफा ५ बमोजिमको आपराधिक समूह स्थापना गरी दफा ३ (१) विपरीत ऐ.ऐनको दफा ३ को उपदफा (३) (क) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएको छ ।”

अभियोग पत्रमा ५० प्रतिवादीलाई आठ अपराधमा सजाय गर्न माग गरिएको छ। यसअघि प्रहरीले २०८० भदौमा पनि २४ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले सिद्धनाथ अशोक गायकवाड, प्रशांत गणेश बजबलकर, धिरज दिनेश भोईटे, सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, बैजनाथ ब्रह्मादत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, राजु भोटे, कुङ्गा टासी शेर्पा भन्ने चिनिया नागरिक जिन जाङ्ग, प्रज्वल आचार्य, सुरज शम्शेर ज.व. राणा, भिम प्रसाद तिमल्सिना, फुनसुक डाग्पा अथुपछाङ खम्पा, काश्यप मानन्धर, लाल बहादुर कुँवर, अरुण कुमार यादव, मनोजराज श्रेष्ठ, रुपक भण्डारी, सोनाम गुरुङ भन्ने शिरव ग्याल्मो, सुनिल जाकिबन्जा, सत्येन्द्र श्रेष्ठ, लुरोङ्ग गोङ्गबु, वाङ्ग दोजिङ्ग, पिन्ज योनजिङ्ग, झोङ्ग झियाङ्ग, हेनरी जि जोङ्ग जियाङ्ग, पिङ्ग लिङ्गफिङज, टिरेन्स टिसा, राम गुरुङ, सोनम तामाङ, लेखनाथ कार्की डोली, कुमार भुजेल, बिकुन्द्र भुजेल, जिवन कुमार गुरुङ, अभिजित तानाजी मुलिक, अमोल कलप्पा कुटे, कमलकान्त कुल्थिया, मुकुन्द कुमार ठाकुर, ऋषी ठाकुर, रोशन बाबु मल्ल, मिन कमार दुलाल, खेलानन्द प्रसाद सिंह, नेपाल भुषण चन्द, पाल्साङ लामा, भोला साह सोनार, जीवन चलाउने, एलेक्स जि यो पुजिङ्ग, एलि जि लि युनटिसुङ, रोगेर स्टेप लि निजिकेल, साउटेन डिङ सिनेङ फा, लिन जिक्युयाङ, टाँसी भन्ने थुप्तिन छिरिङ, हर्कराज राई, दावा छिरिङ, राजेन्द्र कुमार राई, राम कुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, भिम बहादुर मगर र टासी शेर्पाविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्