Logo
Logo

राष्ट्रिय सहमतिको सरकार बनाउने एमालेको निर्णय


7.2k
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरको हो ।

बैठकपछि पत्रकार सम्मेलन गर्दै उपमहासचिव प्रदिप ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको जानकारी दिए ।

एमाले र नेपाली कांग्रेसबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए ।

सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्