Logo
Logo

लम्कीकी कोरोना संक्रमित महिला हात हल्लाउँदै घर फर्किइन्


वीरेन्द्र रावल

0
Shares

  • वीरेन्द्र रावल

धनगढी, ११ बैशाख । नेपालमा कोरोना जितेर घरजानेको संख्या बढ्दै गएको छ । कोरोना संक्रमित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकाहरुको उपचारमा निकै सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।


सुदूरपश्चिममा चौँथो कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन् । लम्की चुहा नगरपालिका वडा नम्वर–१ भुरुवाकी महिला बिहीबार डिस्चार्ज भएकी छन् । उनको लगातार दुईपटक चेक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रबक्ता जगदिश जोशीले जानकारी दिए । उनी विरगञ्जबाट कैलालीको लम्की चुहानगरपालिका वडानम्बर १ भुरुवाको घरमा बसेको अवस्थामा लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।
उनी १२ दिनसम्म क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । उनको ¥यापिड चेकजाँचका क्रममा चैत २२ गते कोरोना पुष्टि भएको थियो । उनीसँगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्