Logo
Logo

लण्डनमा राजेशपायललाई भव्य स्वागत, १३ जुलाईमा प्रस्तुत हुने


5.6k
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राई दुवई हुँदै लण्डन पुगेका छन् । नेपाली सांगीतिक क्षेत्रकै व्यस्त गायक राजेशपायल शनिबार वर दुवईस्थित याक एण्ड यति क्लवमा आयोजित ‘राजेशपायल राई लाईभ इन दुवई’मा प्रस्तुत भएका थिए । दुवईमा सांगीतिक धमाका मच्चाएपछि उनी सिधैं लण्डन उडेका हुन् ।

किरात याक्थुक चुम्लुङ युकेको यही जुलाई १३ तारिखमा आयोजना गर्न लागेको ‘राजेशपायल राई लाईभ कन्सर्ट’ सहभागी हुन उनी लण्डन पुगेका हुन् । ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायललाई बेलायतको लण्डनमा भव्य स्वागत गरिएको थियो ।

दुवईबाट लण्डनस्थित ह्याथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा उनलाई किरात याक्थुम चुम्लुङ युकेका केन्द्रीय उपाध्यक्ष खगेन्द्र लावती, केन्द्रीय महासचिव जुरेन्द्र खजुम, विदेशी विभाग प्रमुखकी कमला लिम्बुलगायतले स्वागत गरेका थिए ।

सिसेक्पा तङ्नामको अवसरमा किरात याक्थुम चुम्लुङ युकेले ‘राजेशपायल राई लाईभ कन्सर्ट’ आयोजना गर्ने भएको हो । त्यसो त चासोक तङनाम पनि नमनाउने हो, तर युकेको मौसमअनुसार चुम्लुङले विभिन्न १३ आ–आफ्नो स्थानमा कार्यक्रम गरेर मनाउने गरेको छ ।

तर, सिसेक्पा तङ्नामचाहिँ अहिलेको मौसमअनुसार युकेका लागि उपुयक्त भएकाले यो कार्यक्रम अहिलेसम्मकै भव्य र ऐतिहासिक हुने चुम्लुङका अध्यक्ष नरवीर आङ्बोले बताए । कार्यक्रममा लिम्बू समुदायका आलवा राजेशपायलको फ्यानहरुको पनि आउने भएकाले २० देखि २५ हजारसम्म दर्शक आउने अनुमान रहेको उनले बताए ।

राजेशपायलले लण्डनको यस कार्यक्रममा विशेष प्रस्तुती रहने बताएका छन् । उनले कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने भएका छन् । युकेको कार्यक्रम सकेर उनी युकेबाटै क्यानडा प्रस्थान गर्नेछन् ।
पछिल्लो केही समययता ‘राई इज किङ’ म्युजिकल वल्ड टुरमा छन् । उनी वल्र्ड टुरकै क्रममा हङकङ, दुवई, लण्डन हुँदै क्यानडा जान लागेका हुन् । जुलाई २० तारिखमा क्यानडामा ‘राजेशपायल राई लाइभ कन्सर्ट’ हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्