काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने लागेको हो ।
कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपालाई पनि दबाबमा परेको छ । यद्यपि, माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् ।
मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्री छन् । बैठकमा पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।