काठमाडौं, १२ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । अध्यादेशबारे छलफल गर्न उनले बैठक बोलाएका हुन् ।
अध्यादेशको स्वार्थ पूरा नहुने देखेपछि ओली संकटमा छन् । पार्टीभित्रै चर्काे विवाद भएपछि उनी अध्यादेश फिर्ता लिनुपर्ने अवस्थामा पुगेका छन् ।
समाजवादी दल फुटाउने योजनासहित राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याइएको थियो । तर, ओलीको योजना असफल पारी समाजवादी र राजपाले बुधबार राती एकता गरेका थिए ।
संवैधानिक अंगमा जथाभावी नियुक्ति गर्न सक्ने प्रावधान राखेर संवैधानिक परिषद् ऐन संशोधन गरिएको थियो । यसले लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै चर्काे आलोचना भइरहेको छ ।