Logo
Logo

धुलो उडेको निहुँमा दलित महिलामाथि निर्घात कुटपिट


- दृष्टि न्युज/संवाददाता

0
Shares

कपिलवस्तु, १२ बैशाख । मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कुटपिट भएको छ । पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा कुटपिट गरेका हुन् ।
सडकमा धुलो उडेपछि पानी छर्किने विषयमा विवाद हुँदा आफूलाई पकडीका सानाहे यादव, हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाहीले कुटपिट गरेको पीडित पासीले बताए । यही वैशाख ७ गते दिउँसो हावा चलेको बेला सडकको धुलो उडेपछि पासीले बाटामा पानी छर्किँदा तल्लो जातले पानी छर्किनु हुँदैन भन्दै यादव परिवारले अनितालाई कुटपिट गरेको थियो ।
एकल महिला पासीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सो विषयमा उजूरी दिएकी छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए जातीय छुवाछूत कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्