काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।
राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका रास्वपाका चार मन्त्रीले प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिएर फर्किएका हुन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिई फर्किएको जानकारी दिए । आज बिहान राजीनामा पत्र बोकेरै मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए ।
सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । त्यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
बुधबार नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री अल्पमतमा परेका छन् ।