Logo
Logo

सहकारीसम्बन्धी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाउने


315
Shares

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई छलफलमा बोलाएको छ ।

एमाले सांसद सूर्य थापा संयोजक गरेको समितिले देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन शुक्रबार सचिव अर्याल र प्रहरी महानिरीक्षक कुँवरलाई बोलाएको हो ।

संयोजक थापाका अनुसार समितिले सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने गरी भोलिका लागि बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्