Logo
Logo

झलनाथलाई रामकुमारीको प्रश्न- प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ?


69.9k
Shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेतृ रामकुमारी झाँक्रीले सम्मानित नेता झलनाथ खनालको रवैयाप्रति असन्तुष्टि जनाएका छन् । नेता खनालले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सबै सर्वसम्मत भएको भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई घर पठाएको भन्दै झाँक्रीले असन्तुष्टि जनाएका छन् ।

उनले खनाललाई अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्म गर्‍यौं/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, “अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्म गर्‍यौं/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य खै त खनाल कमरेड ?”

एकीकृत समाजवादीको महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । बिहीबार पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले माधव नेपाललाई अध्यक्ष, खनाललाई सम्मानित नेता र धनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको छ । पार्टीले बाँकी १८ पदाधिकारी र केन्द्रीय सदस्यको शुक्रबार घोषणा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्