Logo
Logo

सिंगापुरबाट ल्याइयो स्वास्थ्य सामग्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ बैशाख । सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट विमानबाट आज बिहान काठमाडौँ आइपुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज आज आएको हो ।
बिहीबार बिहान सिंगापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहेपनि प्रतिकूल मौसमका कारण आज फर्किएको हो । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो ।
कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री ल्याएको छ । यी दुवै सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको हो । ती सामग्री केही बेरअघि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको कम्पनीले उल्लेख गरेको छ । श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्