Logo
Logo

मधेश प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने


693
Shares

काठमाडौं । मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । बजेटमाथि छलफल सकिएपछि आजै बजेट पारित गर्ने प्रदेश सरकारको तयारी छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सिंह गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नेतृत्वमा सरकार बनेको ७ दिनमै अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको थियो।

तर, रातो किताबमा गडबड भएपछि बजेटमाथि अहिलेसम्म छलफल पनि सुरु हुन सकेको छैन । अधिकांश सांसदहरूको योजना रातो किताबमा छुटेको भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाएपछि बजेटमाथि छलफलमा ढिलाइ भएको हो ।

प्रतिक्रिया दिनुहोस्