Logo
Logo

फिदिममा धामी नाच हेर्न गएका युवकको कुटपिटबाट मृत्यु


945
Shares

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–१४ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । बिहीबार राति युवाहरुको समूहको कुटपिटबाट ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको हो ।

बिहीबार राति युवाहरुको समूहले कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज बिहान पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय धनकुमार राईको घरमा गएराति धामीझाँक्रीको नाच हेर्न गएको बेला दिनेशसहित उनका साथीहरु पर्शुराम राई, ध्रुव राई र पुष्कर विकमाथि कुटपिट भएको थियो ।

उनीहरुलाई स्थानीय २० जनाको समूहले कुटपिट गरेको जिप्रका पाँचथरका सूचना अधिकारी बिनालाल साहले जननकारी दिए ।

कुटपिटबाट ध्रुव, पर्शुराम र पुष्कर पनि घाइते भएका छन् । घाइतेमध्ये धुव राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्