Logo
Logo

बागमतीमा एमालेका मन्त्रीहरुले आजै राजीनामा दिने


2.5k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा फेरबदल आएसँगै माओवादीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वमा रहेको सरकारबाट एमालेका मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।

एमाले चार महिनाअघि चैत १७ गते जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक सहभागी भएको थियो । तर, पुनः केन्द्रमा एमालेले वर्तमान गठबन्धन तोड्दै नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नेबारे समझादी गरेपछि सरकार छाड्न लागेकाे हाे । एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आज साँझसम्म सरकारबाट बाहिरिने आफूहरूको तयारी रहेको बताए ।

बागमतीमा थपलियासहित एमालेका पाँचजना मन्त्री छन् । अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्