Logo
Logo

मधेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने


1.8k
Shares

काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि (शनिबार)विश्वासको मत लिने तयारी गरेका छन् ।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले भोलि प्रदेशसभामा विश्वासको मत लिन लागेको हुन् । मधेस प्रदेशसभामा चौथो ठूलो दलका रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।

कूल १०७ सदस्य रहेको मधेस प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली काँग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, माओेवादीका ९, एकीकृत समाजवादीका ७ प्रदेश सभा सदस्य छन् । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्